Monday, March 16, 2015

आफ्नो कबिता

 निर्णय हुनु पर्छ जरुर !
यकता को कुरा गाउमा हल्ला छ 
सबैको मनमा कौतुहलता छायको छ
केहुने हो सबैलाई उत्सुकता छ
तर के का लागि यकता त्यो प्रस्ट हुन जरुरि छ
बार्गेनिंग गर्न लाई यकता को नाटक कि
सहिद का सपना लाई साकार पार्ने शाहस
कर्यदिसा बदलेर आउने हिम्मत कि
संसदबाद मा फसेर पद लिने दुस्साहस
पहिले यसको निर्णय हुनु पर्छ जरुर
अनि मात्र बार्ताका कुरा गरौ हजुर
सहिद का सपना पछि परे जरुर
अब सच्चिने कोसिस गर्नु पर्छ तिम्ले हजुर
Doctor जी

Doctor जी आज्ञा गर्नु हुन्छ 
हे अगस्त मुनि
तिमीलाई धेरै थकाई लागेछ
आराम गर भनि
लेखि दिनु भयो
15 दिनको बिदा पनि
के थाहा उहालाई म मेहनत नगरी
बस्न सक्दिन भन्ने
खै यो आज्ञा कसरि पालन गरु
सोच्ने सक्दिन अनि
Doctor जी फेरि आज्ञा गर्नु हुन्छ
डुल्न घुम्न पनि मनाई छ भनि

पर्छ  !
मैले लेख्ने रचना र मैले देख्ने सपना
मिल्न जान सक्छ त्यसैलेत यो पुरा हुनै पर्छ
समाजका उदाहरण हामी बन्न पर्छ
ट्यसैलेत हामी यक भै अगि बढ्न पर्छ
सामन्ती यो सस्कार लाई हाम्ले तोढ़्नै पर्छ
नारी मुक्ति आन्दोलनमा यक भै लड्नु पर्छ
बलात्कारी कुकुर हरुलाई फासी दिन पर्छ
यो अवियान हामीले निरन्तर अगाडी बढाउनै पर्छ
मैले जसलाई देखे त्यहि लेखे

पुजीबादी देश मा रहने नेपाली हरु मा मैले अहमता भेटे , 
आफुलाई कम्निस्ट भन्न रुचाउने ले नै भेदभाब गरेको भेटे 
पैसाले सबै किन्न सकिन्छ भन्ने उनि हरुमा नालायक पन भेटे 
यो सबै मा चाही लागु हुन सक्दैन है , मैले जसलाई देखे त्यहि लेखे
म नारी
म नारी हु गर्भ छ मलाई
छोरी हुनु मा अझ गर्व गर्छु
आमा भनि तिमीले बोलाउदा
म आफुलाई सम्मानित ठान्छु
छोरी बने दिदि बने
आमा पनि बने म
यी नाता मेरा लागि
धेरै योग्य ठान्छु म
नाता विश्वास को हुनु पर्छ
यहि नाता लाई मान्छु म
विश्वास घाती नाता लाई
तिरस्कार गर्छ म
                                      ना री 
कागज मा मात्र होइन नारी अधिकार
ब्यबहारमा लागु गरौ
सुभ कामना दिने काम मात्र होइन
पुरुष साथी महिला लाई सम्मान गर्ने गरौ
आमा यक महिला हुन् यसलाई नभुलौ
यति भय काफी छ सबै महिला लाई सम्मान गरौ
बोलीमा मात्र होइन अधिकार
व्यवहार मा दिने गरौ
आमा को त्याग बलिदान लाई सम्मान गर्ने गरौ
यति सम्झे पुग्छ साथी त्यो सम्मान सबैलाई गरौ
नाता ठुलो होइन साथी कर्तब्य ठुलो बनाऊ
नारी को सम्मान दियर मात्र नारी दिबस मनाउ

खोज्छु
म हरेक सम्बन्ध विश्वास मा खोज्छु
रगत को नाता होस् या साथी विश्वास कै रोज्छु
म हरेक सम्बन्ध लाई कर्तब्य मा खोज्छु
कर्तब्य बिना को नाता म अधुरो देख्छु
म हरेक नाता मा आफ्नो पन खोज्छु
त्यसैले होला म नाता दयित्वो लाई भन्छु
म नाता अर्थ यसै गरि खोज्छु
म आफु पनि यसलाई निभाउने कोसिस गर्छु

पर्दो रहेछ
समय को गति संगै चल्न पर्दो रहेछ
याद आउछ धेरै तर भुल्न पर्दो रहेछ
आफै बाट यसको जवाफ खोज्नु पर्दो रहेछ
यो देश को माया आखिर कति हुदो रहेछ
ज्यान जहा भय पनि मन त देशमै रहेछ
नचाहेर पनि देश छोड्नु पर्दो रहेछ
कहिले काही तिमीबाट टाढा हुनु पर्दो रहेछ
थाहा छैन यो देश को माया कति हुदो रहेछ
थाहा छैन यो देश को माया कति हुदो रहेछ

तिमि ठिक छौ या बेठिक 
आफ्नै मनलाई सोध तिमि तिमि ठिक छौ या बेठिक 
आफैलाई हेरेर आफ्नो मुल्यांकन गर तिमि ठिक छौ या बेठिक
आफुमा darna सिक तिमि तिमि ठिक छौ या बेठिक
अरुलाई दुख्ख दिनु अगाडी सोच तिमि तिमि ठिक छौ या बेठिक
मानिस बाट गल्ति हुन्छ तर तिम्रो गल्ति कस्तो छ ठिक या बेठिक
तिमि आफु असल मान्छे बनि सोच तिमि ठिक छौ या बेठिक
पिडा सबैको बराबर हुन्छ त्यसैले सोच तिमि ठिक छौ या बेठिक
आफैले आफुलाई सोध तिमि तिमि ठिक छौ या बेठिक

म मान्दिन 

ठुलो र सानो को भेद भाब म जान्दिन
तर नैतिक हिन हरुलाई म मान्छे मान्दिन
तिम्रो पद के हो म जान्दिन
तर तिम्रो गलत प्रबिधि म मान्दिन
किसान होउ या नेता म भेद भाब गर्दिन
तर तिम्रो त्यो झुट को खेति लाई म मान्दिन
सच्चाई बदल्न म दिने छैन
तिम्रो झुट न नंग्याइ म छोड्ने छैन

मे रो  दे सं 
हिमालयको काखमा छ मेरो देश नेपाल
सदै स्वोच्छ हावा बहने डाडा काडा बिशाल
सुन्दर ति खेत बारी कान्लै कान् ला छन् हजार
जन्मभूमि मलाई प्यारो जय जय नेपाल
चार कोशे झाडी भित्र मेरो गाउ शहर
जता ततै छरियका पशु पन्छी हजार
विकास गरौ सबै मिलि जल स्वोत छ अपार
हामी सबै यक्जुट भय बन्ने छ देश बिशाल
नारी पुरुष जनजाती सबै बनौ बराबर 
देशको बिकाश मिलि गरौ बनौ हामी सराबर
हेप्ने काम बन्द गरौ बनौ हामी सबै सरल
देश रहे हामी हुन्छौ सोचौ सदै भर


 सिन्धुली
गाउँमा मलाई सानो जात भन्छन्
समाजमा हजुर पानि नै चल्दैन....
श्रम पनि चल्छ सिप पनि चल्छ
तर पनि पानि चैं चल्दैन            
उस्तै हो शरिर रातो खुन बग्ने
शरिरमा हजुर पानि त बग्दैन....     

गाउँमा मलाई सानो जात भन्छन्
समाजमा हजुर पानि नै चल्दैन......

-जसमान दर्नाल 'जिवन'
दुधौली नगरपालिका सिन्धुली



नारी अब
सोचे जस्तो छैन जिबन
त्यसैलेत संगर्स गर्नु छ
बुझे जस्तो छैन दुनिया
त्यसैलेत त्यसलाई बदल्नु छ

बाहिर बाट हेरेर चिनिदैन मान्छे
त्यसैलेत उसग संगत गर्नु पर्छ
ढुगि हरु धेरै चलाख हुदा रहेछन
त्यसैलेत चिन्न आफु सचेत हुन पर्छ

नरम मात्र नबन नारी अब
आफ्नो अधिकार प्राप्त गर्न काली बन्नु पर्छ
हिर्दय कोमल नबनाऊ अब
तिमीले तिम्रो संगर्ष शिल यात्रा थाल्नु पर्छ

No comments:

Post a Comment