Monday, March 16, 2015

जीवन कबिता


पर्छ
समय लाई मान्नु पर्छ
आफ्नो कर्तब्य जान्नु पर्छ
इमान्दारी ता बाहिर देखाउने होइन
तिमि भित्र को मन सफा हुनु पर्छ

लुटेर लुट्न सक्दैन कसैले                    
आफु भित्र सच्चाई हुनु पर्छ
अरुले केहि गर्न सक्दैन
तिमि ले आफुलाई चिन्नु पर्छ
समाज सग डराउने होइन
आफु सग डराउन सिक्नु पर्छ
गलत काम गर्नु अघि धेरै
पटक सोच्नु पर्छ
गलत सोच राख्न हुन्न
सहि मार्ग मा हिड्न पर्छ
नैतिक वान बन्न लाई
आफु भित्र विश्वास हुन् पर्छ

मान्छे नैतिक रुपमा सफा हुनु जरुरि छ, त्यसैले समाजमा भय का देखियका गलत चरित्र को भंडा फोर गर्नु अत्यन्त जरुरि हुन्छ, मानिस कोहि गलत हुदैन गलत उसको सोच हुन्छ, गलत सोच राख्ने मानिस समाज को किरा हुन्छ,,, त्यसैले यस्ता किरा लाई खतम गर्न हामी ले अगाडी बढ्ने हिम्मत गर्नै पर्छ , समाज को नजर मा नैतिक वान देखियर भित्र आफ्नो मन चाही गल्लि को किरा को जस्तो हुने मानिस ले समाज लाई धेरै धोका दियको हुन्छ, त्यसैले यस्ता व्यक्ति को भंडा फोर मेरो अवियान.......
के हो प्रेम !
प्रेम को अर्थ के हो ?
माया त यक विश्वास हो
गलत प्रयोग नगरौ
प्रेम त निस्वार्थ भाबना हो


मत मेरी आमा लाई प्रेम गर्छु
अनि छोरा छोरी लाई
देस लाई प्रेम गर्छु
अनि यो देस को माटो लाई
प्रस्ताब के का लागि माया गर्न
के माया पनि प्रस्ताब मा हुन्छ गर्न
माया त यौटा सक्ति हो त्यसलाई
दुरुपयोग हुदैन गर्न
माया यौटा अत्भुत tatto हो
यसलाई हुदैन प्रचार गर्न
माया यौटा आत्मा हो
यसलाई आत्मा मा राख्ने हो


सकिदैन
समुन्द्र को सतह हेरी
त्यसको गहिराई नाप्न सकिदैन
मानिस को अनुहार हेरी
उसको गुण य़ा दोष थाहा पाइदैन


समुन्द्र को गहिराई नाप्न
त्यसको भित्र जानै पर्छ
मानिस को पहिचान जान्न
उसको नजिक बन्नु पर्छ
कर्तब्य को पहाड हुन्छ
त्यसलाई फोड्न सक्नु पर्छ
आत्म बिश्वास लियर नै
हामी अगाडी बढ्नु पर्छ
हिड्ने बाटो यौटै हो भने
गन्तव्य मा पुग्दा भेट हुन्छ
सहि सोच विचार ले नै
मानिस लाई माथि पुर्याउछ

जीवन के हो
जीवन के हो यो बाद्यता को बन्दन हो या खुशी को संगम
जिबन संगर्स त पक्का हो त्यसैले कहिले बनिदिन्छ धेरै कठिन
कहिले कहिँ उतार चढाब धेरै आउछन सामना गर्न हुन्छ कठिन
सरल छैन जिबन यो भैदिन्छ कहिले काही धेरै जटिल
चल्दै जान्छ बिस्तारै भन्दा कहिले आउछ निर्णय जटिल
अगाडी बढ्ने होकी होइन बनिदिन्छ यो उपाय कठिन
सोच्न धेरै गार्हो हुन्छ परिस्थिति त्यस्तै कठिन
पायर गुमाउन हुन्न बरु सोचेरै चलाउ धर्यता को अधिन

आउ मिलाउ क्रान्ति कारी हात हरु
छोडौ अब संसदीय भास हरु
जुटी बनाऊ हाम्रा लालकिल्ला हरु
न खेलौ अब आफ्नै लाई दुस्मन बनाउने खेल हरु
फरक हे प्रचण्ड अब नफस अरु
सुद्र प्रचण्ड खुलाउ तिम्रा चेत हरु
अब चिनेउ दुस्मन का चाल हरू
ढिला नगर अब फस्लाउ निस्कनै नसक्ने गरि
हाम्रो अधिकार संसद मा होइन सडक बाट खोज्ने गरी
आउ प्रचण्ड अब सुद्रने बाचा गरि
आफ्ना लाई बिर्सी दुस्मन लाई विश्वास गर्दा खेरि
थाहा पायौ नि प्रचण्ड अधिकार सबै लुट्न लाग्दा खेरि


देश जाग्नु पर्छ
अब देश जाग्नु पर्छ
सामन्ती कुरीति तोड्नै पर्छ
दलाल हरु को बलि दिन
अब अगाडी बढ्न पर्छ
देश लाई बचाउन
दुष्ट हरुलाई नास्नै पर्छ
अब देश जाग्नु पर्छ
यो देशलाई मुक्त गर्नु पर्छ
अब फेरि सामन्त को अन्त गर्न
हामीले कम्मर कस्नै पर्छ
अब देश जाग्नु पर्छ
देश को मुक्ति को लागि हामी तयार हुनै पर्छ
महिला जाग्नु पर्छ
जनजाती दलित सबै जाग्नु पर्छ
अब देश जाग्नु पर्छ
अब जनता जाग्नु पर्छ
अन्याय का बिरुद्ध लड्न
अब सबै यक हुन पर्छ
अब देश जाग्नु पर्छ
जनता ले मुक्ति पाउनै पर्छ
विस्तार वादको अन्त्य गर्न
अब हामी उठ्नु पर्छ
अब देश जाग्नु पर्छ
मुक्तिकामि हामी सबै जाग्नु पर्छ
साम्राज्य वादको अन्त गर्न
अब जनता उठ्नु पर्छ
अब देश जाग्नु पर्छ
हामी सच्चा कम्निस्ट यक हुनै पर्छ

जन्म दिन को धेरै धेरै सुभ कामना मेरी प्यारी आमा
जन्मदिन को सुभ कामना छ आमा तिमीलाई
हजार वर्ष को आयु माग्छु आमा तिमीलाई
मेरो हिर्दय मा सजाउने छु आमा तिमीलाई 
लाखौ लाख सुभ कामना छ आमा तिमि लाई
सधै हास्नु आमा तिमि तिम्रो खुसि लाई
म सदै मेरै खुसि ठान्ने छु तिम्रो खुसि लाई
सु-स्वस्थ र दिर्गायु को कामना छ तिमीलाई
तिम्रो खुसि जिवन को कामना छ सदा लाई
म सदै तयार छु तिम्रो जिबन रक्छ्या लाई
तिम्रो चरण कमल मा रहने छु आमा सदा लाई
तिम्रो न्यानो माया भित्र म रमाउन लाई
सदै स्वोस्थ हुनु ल आमा तिमि यहि भन्छु सदै म तिमीलाई
जुट्नु पर्यो है साथी अब उठ्नु पर्यो है
दश बर्षे जनयुग्द को उपलब्धि खतम पार्लान है
हेरी बस्ने होइन साथी हक खोजौ है
हाम्रो संबिधान अब बन्दैन
हामी लड्न तयार बसौ है
हाम्रो अधिकार खोस्न दिन हुन्न है
यसको लागि यक्जुट बनौ मिल्ने सम्म है
सचेत बनि अगि बढौ हार्नु हुन्न है
विस्तार बाद ले जरा गाड्दै छ सबै उठौ है
विस्तार बादी हरु लै अब nimityannai पार्नै पर्छ है
मैले कहिल्यहि झुट बोल्न जानिन
कसैलाई पराया पनि मानिन 
सबैलाई समान ब्यबहार गर्दा 
मैले आफुलाई कहिले यक्लो ठानिन
समय को गतिलाई मैले सानो मानिन
कसैलाई पनि मैले नराम्रो ठानिन
मेहनत गर्ने हरुलाई मैले
कहिल्यपनी अपमान गरिन
काम त सबै काम नै हो
कुन ठुलो कुन सानो मैले भनिन
मेहनत नै ठुलो धन हो
त्यसैले मैले यसको कहित्यहि अपमान गरिन
को सानो को ठुलो मैले जानिन
तर कसैलाई भेद भाब मैले गरिन
कर्तब्य को नाता लाई मैले
कहिले पनि इन्कार गरिन
आमा बुवा भगवान हुन्
दुई छोरा मेरा मुटुका धड्कन हुन्
आमा बुवा जन्म दाता हुन् 
दुइ छोरा मेरा आदर्श हुन्
आमा बुवा मेरा सफलता का गुरू हुन्
दुइ छोरा सफलता को बाटो हुन्
त्यसैले मेरा लागि आमा बुवा अनि
मेरा दुई छोरा नै संसार हुन्
मेरा अतीत का साथी आमा बुवा हुन्
भबिस्यका साथी दुई छोरा हुन्
बर्तमानमा यी दुबै मेरा लागि बराबर हुन्
बिजय दसमी
बिजय दसमी तिमि खुसि लियर आउ
हरेक मानिस को मन बाट बैरभब हटाऊ
सबै जना मिलि जुली ramauna सिकाउ
हे बिजय दसमी तिमि सबको मनलाई santa बनाउ
हरेक घरमा तिमि असान्ती लाई मेताऊ
हे बिजयदसमी तिमि सब को घरमा खुसि लियर आउ
असत्य को अन्त गरि सत्य लियरआउ
सबै को घरमा तिमि दिप बनेर आउ

कस्तो मान्छे लाई विश्वास गर्ने
उसको चरित्र कसरि थाहा पाउने 
आखिर किन मानिस यति घटिया बन्छ 
उसलाई कुन रुप मा वर्णन गर्ने
मान्छे लाई चिन्ने सुत्र के हो
त्यसलाई खोज्न कहाँ जाऊ
मानिस यति सम्म गिर्दो रहेछ
म यस्तो कुरा कसरिथाहा पाउ
नैतिकता र इमान्दारिता
आज गुमिसक्यो जस्तो लाग्छ
कसरि म यी सब ब्यक्त गरौ
मलाई त यस्ता मान्छे सग
घ्रिनI लाग्न लाग्नथाल्छ


आयो भन्छन तीज मलाई त थाहा छैन
बिदेस को भूमिमा आम़ा ,दिदि बहिनि छैनन् 
यता उता हेर्ने गर्छु ,कतै छनकि आफ्ना भनि 
Paudina कतै पनि तीज आको रोनक पनि
मन भित्र अध्यारो भो छैन कतै जाने ठाउँ
कति दुखि हुदो रहेछ बिदेस को यो ठाउँ
आद आउछ दिदि,बहिनि मिलि बसे को त्यो गाउ
जानत मन थियो तर म खै कसरि जाउ
मनाउनु होला तिज सबैजना मिलि आम़ा
आउने बाचा गर्छु ऋण तिरी त्यो गाउमा
बाद्यता र मजबुरी को कस्तो यो चोला
सबै जना दिदि बहिनि रमाईलो गर्नु होला



मत खुसि हुन्छु तिम्रो ओठ को मुस्कानमा
अनि तिम्रा उपलब्दी र सफलता मा
मलाई चाहिन्छ तिम्रो खुसि सदै तिम्रो जिबन मा
मत सदै चाहन्छु खुसि तिम्रो जिबन म़ा
मेरा जिबन का हरेक खुसि तिमीलाई दिन पाय
धन्य सम्झने छु आफुलाई तिम्रो खुसि हेर्न पाय
संसार का सबै खुसि तिमि लाई दिन पाय
तिम्रा हरेक दुख्ख सबै आफु भोग्न पाय
हर पल हर छेन तिम्रो सामु हुन पाय
मेरा हातले सदै तिम्लाई खुवाउन पाय
दुख्ख कस्ट सबै भुल्थे तिम्लाई चुम्न पाय
तिम्रो त्यो मुलायम हात आफ्नो हात म़ा लिन पाय
आमा हुनुम़ा गौरभ गर्छु तिमीलाई पाय
माया को वास्तविक रुप तिम्रो जन्म पछि पाय
तिम्रो जन्म बाटै मैले नया जिबन पाय
मैले तिम्लाई जन्म दिय त्यसै लेत म खुसि भय



कहिले मोदी को सेवा मा ब्यस्त त कहिले चरी को ..... कहाँ छन् हाम्रा सिन्धु का जनता लाई सम्झने फुर्सद न त कोइराला लाई ,नत सभासत लाई नत छ त्यसको चासो हाम्रा पत्रकार र मनाबधिकार बादिलाई , सयौ को sankya मा पुरियर गनाइ रहेका ति लास हरु ,खान नपाई chhatpatai रहेका बाढी पिडित तिनको चासो लिने फुर्सत कसैलाई छैन, हरे मेरो देस अनि मेरो देस का शासक . यहि हो मेरो देस मा आयको गढ़तंत्र

निदौन सकिन राजु

तिमीलाई चोट लाग्यो
सुने मैले आज
आसु रोक्न सकिन नि
मानिस को भिड को माझ
तिमीलाई कति दुख्यो
सोच्दा सोच्दै आज
निदौन सकिन राजु
यो बिछ्छौन माझ
मुटु भरि त्यो चोट को
पिडा खपे को छु
तिम्रै लागि आज म
यो धर्ति मा बाचे को छु
बाघ बुढो स्याल तन्देरी
तुलना गर साथी
खरायो र कछुवा मा
को छ आज माथि
देस का लागि केहि गर्ने
तिम्ले सोच साथी
उछिन्ख्ल भै
जनता भाड्ने काम ले
पुग्दैनौ तिमि माथि
धेरै सोच परेकानै सदै
आउनेछन माथि


नारी 
नारी तिमि अगि बढ्न 
आत्मा बल बढाऊ 
अगी badha सदै तिमि
सत्यलाई बचाऊ
असत्य को दुनियामा
अब फेरि देबी बनि
राछेस लाई नस्ट गरि
सच्चाई को साथ देउ
नारीलाई दासी मान्ने
यो समाज लाई नस्ट पार्न
आउ जाग उठ नारी
आफ्नो स्वोतन्त्रता प्राप्त गर्न
अन्यको पर्दा च्याति
न्याय को बत्ति बाल्न
पहिला तोडौ समाज लाई
स्वविमानी बन्न
नारीलाई दासी मान्ने
यो समाज लाई तोड्न लाई
आउ नारी जागौ अब
आफ्नो हक लिनलाई
नारी लाई पशु ठान्ने
यो संरचना तोड्न लाई
आउ उठ नारी अब
आफ्नो हक लिन लाई
दया होइन नारी लाई
माया अब चाहिन्छ
दया को भिख होइन
अधिकार चाहिन्छ
बच्चा जन्माउने मेसिन होइन
आमा को सम्मान चाहिन्छ
बन्द कोठा कि रानी होइन
स्वोतन्त्र आकास चाहिन्छ
नारी तिमि अगि बढ्न
आत्मा बल बढाऊ
अगी badha सदै तिमि
सत्यलाई बचाऊ
असत्य को दुनियामा
अब फेरि देबी बनि
राछेस लाई नस्ट गरि
सच्चाई को साथ देउ
नारीलाई दासी मान्ने
यो समाज लाई नस्ट पार्न
आउ जाग उठ नारी
आफ्नो स्वोतन्त्रता प्राप्त गर्न
अन्यको पर्दा च्याति
न्याय को बत्ति बाल्न
पहिला तोडौ समाज लाई
स्वविमानी बन्न
नारीलाई दासी मान्ने
यो समाज लाई तोड्न लाई
आउ नारी जागौ अब
आफ्नो हक लिनलाई
नारी लाई पशु ठान्ने
यो संरचना तोड्न लाई
आउ उठ नारी अब
आफ्नो हक लिन लाई
दया होइन नारी लाई
माया अब चाहिन्छ
दया को भिख होइन
अधिकार चाहिन्छ
बच्चा जन्माउने मेसिन होइन
आमा को सम्मान चाहिन्छ
बन्द कोठा कि रानी होइन
स्वोतन्त्र आकास चाहिन्छ

हे आमा
हे आमा तिमि हौ 
मेरो जन्म दाता 
तिमिनै हौ मेरो 
भाग्य विधाता
तिमीले नै यो धर्तीमा
चल्न सिकायौ
तिमीले नै मलाई
बोल्न सिकायौ
जन्मायौ हुर्कायौ
पलयौ बढायौ
यो धर्तीमा मलाई
लड्न पनि सिकायौ
गर्न सकु सदै म
तिम्रो सम्मान
मा सदै माग्छु
तिम्रो बरदान
तिमि नै मेरो
सक्ति को दाता
तिमि बिना त म
हुने छु अनाथ


सपना भित्र संसार छ
संसार भित्र हामी 
विश्वास गरौ नेपाली मा 
सबलाई आफ्नो ठानी 
देश हाम्रो नेपाल हो 
हामी हौ नेपाली
किन गर्छौ इस्या डाड
सबलाई परै ठानी
जे गर्नुछ देसको लागि
गरौ एकजुट भै
जनुनैछ एकदिन
संसार बाट सबले
मिलि जुली काम गरौ
हातेमालो गर्दै
नेपाल हाम्रो साझा थलो
हामी नेपाली
सोचौ सदै देशको लागि
बहिर्भाब त्यागी



1 comment:

  1. नमस्ते
    यो सामान्य जनताको जानकारी हो कि रोमन क्याथोलिक ईसाई संगठनले आर्थिक सहायताको रूपमा मानिसहरूलाई सहयोग पुर्याउने सहायताको लागि आर्थिक अवसर खोल्यो। त्यसैले यदि तपाईं आर्थिक कठिनाइहरू हुँदै हुनुहुन्छ भने तपाईं कुनै पनि वित्तीय समस्यामा हुनुहुन्छ, र तपाईंलाई पैसा चाहिन्छ आफ्नो आफ्नै व्यवसाय सुरु गर्न, वा तपाईं कम ब्याज दर संग आफ्नो छनौट को लामो र छोटो अवधि संग, आफ्नो बिल तिर्न को लागी छ। व्यक्ति र कम्पनीहरूको लागि 2% प्रति वार्षिक। हामीलाई ई-मेल ठेगानाबाट सम्पर्क गर्नुहोस्। (रोम 11:10) बाइबल भन्छ (लूका 11:10) सबैजनाको लागि जुन प्राप्त हुन्छ सोध्छ; जो खोज्छ; र जो दस्तक पार्छ, ढोका खोलिनेछ। त्यसैले यस अवसरलाई सम्झनुहोस् किनभने येशू नै कल र आजको लागि हो। कृपया यो गम्भीर दिमागको लागी हो र परमेश्वरले मान्छेलाई डराउनुदेखि रोमन क्याथोलिक क्रिश्चियन संगठनबाट हाम्रो ईमानदार अभिवाद प्राप्त गर्नुहोला, आज हामीलाई यस इमेल मार्फत सम्पर्क गर्नुहोस्: (रोमन्याङ्ककोल 1 9 .gmail.com)

    ReplyDelete